आज निजामती सेवा दिवस : उत्कृष्ट निजामति कर्मचारी भेटिएनन्

२०७७ भाद्र २२ गते, सोमबार


काठमाडौं । आज भदौ २२ निजामती सेवा दिवस । विसं २०१३ भदौ २२ गते तत्कालीन टंकप्रसाद आचार्य नेतृत्वको सरकारले नेपालमा पहिलो पटक निजामती सेवा ऐन ल्याएको थियो । यसैको स्मरणमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिएको छ । यसैबीच, हरेक वर्ष दिइँदै आएको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार यस वर्ष पनि नदिइने भएको छ ।
दिवसका अवसरमा निजामती सेवामा रहेर उत्कृष्ट र राम्रा काम गरेका कर्मचारीलाई पुरस्कृत गर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार हरेक वर्ष एकजनालाई २ लाखको सर्वोत्कृष्ट निजामती पुरस्कार, १० जनालाई १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजारको निजामती सेवा पुरस्कार दिने गरिएको थियो । २०७३ साल पछि कसैलाई पनि यो पुरस्कार दिइएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार