नेकपाको चेतावनीपछि मलका ठेकदारको धरौटी जफत !

२०७७ भाद्र २१ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि सरकारले समय मै किसानसमक्ष मल नपुर्‍याउने शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै तत्काल दुवै कम्पनीले राखेको पाँच-पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने भएको छ भने थप कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको बताइएको छ ।
शनिबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एक वक्तव्य जारी गर्दै देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने कम्पनी एवं ठेकदारलाई कारबाही गर्ने र त्यो वेला राज्यका संचालकहरुले नेपाल कम्युनिष्ट पार्टीलाई कानुन हातमा लियो, आतंक मच्चयो, लोकतन्त्रलाई चुनौति दियो लगायतका तथानाम आरोपहरु लगाउन नपाउने चेतावनी दिएका थिए । नेकपाको सो चेतावनी आएको भोलिपल्टै सरकारले ति कम्पनीको धरौटी जफत गर्दै कालोसूचीमा राख्न लागेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु