सुन किन्न बोलाएर लुटपाट !

२०७७ भाद्र २१ गते, आईतवार

काठमाडौं । अपराध महाशाखा र प्रहरी वृत बौद्धको सयुक्त टोलिले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा छन् ।
कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन् । लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका थिए । सस्तोमा सुन बेच्ने लोभमा पारेर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुन किनबेचको योजना मिलाएका थिए । सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बानजिक बोलाएका थिए ।
गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागेको थियो । लुटेको पैसाले सो समूहका मेखबहादुरले पल्सर मोटरसाइकल किनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सो समूहले चोरी गरेर लुकाई राखेको ८ लाख ७५ हजार नगद र मोटसाइकल बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए । लुटपाटमा संलग्न मध्ये सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक भने फरार छन् । प्रहरीले फरार बिकको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार