पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा इंग्ल्यान्ड विजयी

२०७७ भाद्र २० गते, शनिबार


काठमाडौं । शुक्रबार साउथह्याम्प्टनमा भएको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि जित हासिल गरेको छ । इंग्ल्यान्ड २ रनले विजयी हुँदै तीन खेलको सिरिजमा १–० को अग्रता लिन सफल रहयो । इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दौ उत्कृष्ट सुरुवात दिलाएका थिए । फिन्च ४६ रनमा आउट भए । स्टिभ स्मिथले १८ रन जोडे । यस्तै डेविड वार्नरले ५८ रन जोडे । इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २–२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो ।
इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक ६६ रनको योगदान दिए । जस बटलरले ४४ रनमा बनाए भने क्रिस जोर्डन १४ र आदिल राशिद १ रनमा अविजित रहे । टम कुरान ६ रनमा आउट भए । अष्ट्रेलियाका स्पिनर एश्टन अगर, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सनले २–२ विकेट लिए । प्याट कमिन्सको नाममा १ विकेट रह्यो । तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार साउथह्याम्पटनमै हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु