ललितपुरमा ५ जना भन्दा बढी भेला हुन नपाइने

२०७७ भाद्र २० गते, शनिबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले ५ जना भन्दा बढी भेला हुन नपाइने सूचना जारी गरेको छ । आजदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको हो । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पाटन क्षेत्रमा झडप भएपछि शुक्रबार बिहानैदेखि कर्फ्यू लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि नयाँ नियम लागू गर्ने निर्णय गरेको हो । कर्फ्यू भने शुक्रबार बेलुका १० बजेपछि निष्क्रिय भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले नियमका लागि स्थानहरू समेत तोकेको छ । प्रशासन कार्यालयकाे अनुसार रातो मत्स्येन्द्रनाथ भएकाे पूर्वमा मदन स्मारक स्कुल अगाडिकाे चाेक, पश्चिममा ललितपुर महनगरपालिकाकाे कार्यालय, दक्षिणमा सेन्ट जेभिसर्य स्कलुल र उत्तरमा बखुण्डाे चाेक अगाडिकाे ५ जना भन्दा बढी भेला हुन पाइने छैन । त्यस्तै श्री मिन नाथकाे रथ रहेकाे पूर्वमा मंगलबजारकाे चाेक, पश्चिममा मदन स्मारक स्कुल अगाडिकाे चाेक, दक्षिणमा पूर्वचण्डी मन्दिर र उत्तरमा पिमवहाल क्षेत्रभित्र आजदेखि २६ गतेसम्म बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म भेला हुन पाइने छैन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार