नेकपाको कारवाही सुचिमा भष्ट कर्मचारी , ठेकेदार र पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी र भगौडासम्म

२०७७ भाद्र २० गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी , ठेकेदार र पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने उदघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै सो उदघोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने कम्पनी एवं ठेकदार र रेलमार्गको निर्माणको नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने नेपाल कम्युनिष्ट पार्टीले कारवाही गर्ने उदघोष गरेका छन । उनले त्यो वेला राज्यका संचालकहरुले नेपाल कम्युनिष्ट पार्टीलाई कानुन हातमा लियो, आतंक मच्चयो, लोकतन्त्रलाई चुनौति दियो लगायतका तथानाम आरोपहरु लगाउन नपाउने भन्दै पार्टी माथी लगाईने आरोप र षड्यन्त्रका विरुद्ध आम नेपाली जनतालाई प्रतिरोध आन्दोलनमा उत्रन अग्रिम अपिलसमेत गरेका छन ।
प्रवक्ता प्रकाण्डले कथित पूर्वपश्चिम रेलमार्गको परियोजनाको नाममा काकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालय अन्तर्गतको रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवं आर्थिक मूल्याङ्कन बिनै, आफ्नै राज्यको कानुन विपरीत यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, कथित सिण्डिकेट धारी ठेकेदार एवं कम्पनी शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ्ग लामा लगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिशनको खेल र सेटिङ्गमा नेपाली जनताको सम्पत्ति लुटखसोट गर्ने डिजाइन गर्दा र सञ्चार माध्यममा छताछुल्ल हुँदा समेत सरकार नसुने नदेखेझैं गरिरहेको र नेपाल वायुसेवा निगमको वाईडवढी भ्रष्टाचार काण्डलाई समेत माथ गर्ने रेल भ्रष्टाचार र कमिशन काण्ड कुनै पनि मूल्यमा सैह्य नहुने बताएका छन ।
त्यस्तै प्रवक्ता प्रकाण्डले पार्टीको लोकप्रियता बढेपछि र पार्टी नेपाली जनताको आँखाको नानी बन्दै गएपछि पार्टीलाई बदनाम गर्न, पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी, भगौडा र अपराधिक तत्वहरु ज्यान फालेर लागेको कुरा जनताले पार्टीलाई बिविध माध्यमबाट जानकारी गराइरहेको बताउदै क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापार-व्यावसायी एवं कर्मचारी क्षेत्रसंग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्ने बाहेक चन्दाको नाममा आतंक मच्चाउने र जवर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको स्पस्ट पारेका छन । साथै उनले सहयोग दाता महानुभावहरूले पार्टीको आधिकारिकता बाहेक नठगिन र ठगहरुलाई पार्टीमा बुझाईदिन विशेष अनुरोध गर्दै त्यस्तालाई पार्टीले ठाउँका ठाउँ कारबाही गर्ने समेत बताएका छन ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीक प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – “नेपाली जनताले परिवर्तन र क्रान्तिको युगिन राजनीतिक यात्रामा साढे पाँच दशक भन्दा बढी अर्थात ५६ वर्ष (२००७ सालदेखि २०६३) सम्म खाएको धक्का, प्रतिधक्का र पूर्नधक्काका घातक दुश्चक्रहरु पारगर्दै नेपाली सामाजिक क्रान्तिको नयाँ, महान् र ऐतिहासिक प्रक्रियामा तीव्रतम रुपमा प्रवेश गरिरहेको छ । संसदीय राजनीतिक क्षेत्र र राज्य व्यवस्थामा रहेको दलाल पुँजीवादी गिरोहले नेपाली जनता र राष्ट्रका विरुद्ध घटाउने अपराधिक घटनाबाट जीवनभर मर्माहित र आक्रोशित हुँदै आएका नेपाली जनता नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिबाट उत्साहित, आशावादी र राष्ट्रिय एवं जनमुक्ति दृष्टिगोचर गरिरहेका छन् । यही बेला राज्य र प्रकृतिले थप जनविरोधी र पीडादायी घटनाहरु घटाएको छ । राज्यद्धारा घटित घटनाहरु र प्राकृतिक विपत्ति सम्बन्धी पार्टीको धारणा सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।
१ – नेपाली किसानहरूको धानबाली असोजबाट पाक्न थाल्दछ । भदौ तेस्रो हप्तासम्म किसानहरु मल अभावले छटपटाइरहेका छन् । पछिल्लो श्रावण र भदौमा कोरोना भाइरसको संक्रमण ले मृत्यु र संक्रमितको संख्या अनपेक्षित रुपमा वृद्धि भएपछि सरकारले देशलाई कडा बन्दाबन्दीमा राखेको छ । अझै यसलाई कठोर पार्न निषेधाज्ञा सम्म पुर्याएको छ । यस्तो जोखिम र भयावह अवस्थामा पनि मोरङ, चितवन, धादिङ लगायत देशैभरिका जिल्लाहरुमा किसानहरु मलको निम्ति हजारौंको संख्यामा बिहानदेखि रातिसम्म पंतिवद्ध छन् । देशभरि मलको खोजीमा भौतारिएका छन् । बर्षे बालिको निम्ति आवश्यक पर्ने मल आपूर्तिको निम्ति भनेर सरकारले पौष(माघ महिनामा ठेक्का आह्वान गरेर सरकारी नेकपा र नेपाली कांग्रेसका नेताहरुका रक्षाकवच, शैलुङ कस्ट्रक्सन कम्पनीका शारदा प्रसाद अधिकारीलाई र होविको मल्टीपल कम्पनीका होमनाथ कोइरालालाई कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो । जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौ पुल र सडकहरु वर्षौंसम्म अलपत्र पार्ने कम्पनी हुन भने ठेकदारहरु राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पतिमा बदल्ने भ्रष्ट, कमिसनखोर र बदनाम तत्वहरु हुन् । बोलकबोल अनुसार सम्बन्धित ठेकदारले मल आपुर्ति नगर्दा लाखौ लाख किसानको धान बाली बिग्रिदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदा समेत सरकार र कृषि मन्त्रालय कारबाही को त कुरा टाढा भयो सोधपुछ समेत गर्दैन । कृषिमन्त्री वंगालादेशबाट ५० हजार टन मल सापटी ल्याउने प्रयास सकारात्मक भएको फलाको फलाक्क्छन् । यो कार्य घोर आपतिजनक, किसानहरूको बालिनाली माथिको खेलबाड र राष्ट्रका विरुद्ध अक्षम्य अपराधिक खेलको रुपमा पार्टीले लिएको छ ।
२- कथित पूर्वपश्चिम रेलमार्गको परियोजनाको नाममा काकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालय अन्तर्गतको रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवं आर्थिक मूल्याङ्कन बिनै, आफ्नै राज्यको कानुन विपरीत यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, कथित सिण्डिकेट धारी ठेकेदार एवं कम्पनी शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ्ग लामा लगायतको गिरोहले ६ अर्बभन्दा माथिको कमिशनको खेल र सेटिङ्गमा नेपाली जनताको सम्पत्ति लुटखसोट गर्ने डिजाइन गर्दा र सञ्चार माध्यममा छताछुल्ल हुँदा समेत सरकार नसुने नदेखेझैं गरिरहेको छ । नेपाल वायुसेवा निगमको वाईडवढी भ्रष्टाचार काण्डलाई समेत माथ गर्ने रेल भ्रष्टाचार र कमिशन काण्ड कुनै पनि मूल्यमा सैह्य नहुने कुरा हाम्रो पार्टी स्पष्ट पार्दछ ।
३ – देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने कम्पनी एवं ठेकदार र रेलमार्गको निर्माणको नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने कुरा समेत सरकार र भ्रष्टाचारी जथ्थाालाई पार्टी स्पष्ट गर्दछ । त्यो वेला राज्यका संचालकहरुले नेपाल कम्युनिष्ट पार्टीलाई कानुन हातमा लियो, आतंक मच्चयो, लोकतन्त्रलाई चुनौति दियो लगायतका तथानाम आरोपहरु ल्गाउन पाउन छनौ । पार्टी माथी लगाईने आरोप र षड्यन्त्रका विरुद्ध आम नेपाली जनता प्रतिरोध आन्दोलनमा उत्रिन जनतालाई हाम्रो पार्टी अग्रिम अपिल गर्दछ ।
४ – श्रावण र भाद्र महिनामा बाग्लुङ, कालिकोट, जुम्ला, सिन्धुपाल्चोक लगायत जिल्लामा वर्षा, वाढी, पहिरो र डुवानका कारण सयौँ जनताको अकालमा मृत्यु, दर्जनौं बेपत्ता र घाइते भएका छन् । हजारौँ जनताहरु विस्थापित र जोखिममा परेका छन् । सर्वप्रथम मृतकहरूप्रति पार्टी हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । घाइतेहरूको सुस्वास्थ्यको कामना गर्दछ, आफन्तजनह प्रति गहिरो समवेदना व्यक्त गर्दछ । घाइतेहरूको निःशुल्क र भरपर्दो उपचार गर्न सरकारसँग माग पनि गर्दछ । वेपत्ताहरुको खोजी एवं विस्थापितहरु लाई प्रयाप्त राहत एवं व्यवस्थापन र जोखिममा परेका जनताको पुर्नबासको यथासक्य व्यवस्था गर्न सरकारसँग पार्टी विशेष माग गर्दछ ।
५ – कोरोना भाइरसको महामारीले विश्वव्यापी तवाहा सृजना गरेपछि ज्यान जोगाउन स्वदेश फिर्ता भएका नेपाली जनता देशभित्र हातमुख जोर्ने समस्या टार्न नसकेर कोरोना भाइरसको खतरा भन्दा बिहान बेलुकी छाक टार्ने खतरा मुख्य बन्दा कन्चनपुर, कैलाली र बाँकेको नाकाबाट संयौँको संख्यामा बालबच्चा र महिला सहित कोरोनाबाट दैनिक ८० हजार माथी संक्रमित भइरहेको देश भारतमा फेरि जान बाध्य भएका छन् । यो दृष्य देशको निम्ति कारुणिक र लज्जाको अवस्था हो । भारत जान विबस भएका जनतालाई स्वदेश फिर्ता गर्ने, देशमा छाक टार्न गाह्रो भएका जनताको श्रेणीकरण गरेर राहत, वेरोजगारी भत्ता र रोजगारीको व्यवस्थाका निम्ति तुरुन्तै कदम चाल्न हाम्रो पार्टी नेपाल सरकारको ध्यान विशेषरूपले आकर्षित गर्दछ ।
६ – हाम्रो पार्टीको लोकप्रियता बढेपछि र पार्टी नेपाली जनताको आँखाको नानी बन्दै गएपछि पार्टीलाई बदनाम गर्न, पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी, भगौडा र अपराधिक तत्वहरु ज्यान फालेर लागेको कुरा जनताले पार्टीलाई बिविध माध्यमबाट जानकारी गराइरहेका छन् । क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापार÷व्यावसायी एवं कर्मचारी क्षेत्रसंग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्ने बाहेक चन्दाको नाममा आतंक मच्चाउने र जवर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको कुरा आम नेपाली जनतामा हाम्रो पार्टी विनम्र जानकारी गराउँदछ । सहयोग दाता महानुभावहरूले पार्टीको आधिकारिकता बाहेक नठगिन र ठगहरुलाई पार्टीमा बुझाईदिन पार्टी विशेष अनुरोध गर्दछ । पार्टीले ठाउँका ठाउँ कारबाही गर्नेछ ।”

प्रतिक्रियाहरु