जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण

२०७७ भाद्र १९ गते, शुक्रबार


काठमाडौं । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई कोरोना भाइरस संक्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिएका थापा आफैँ सङ्क्रमित भएपछि आइसोलेसनमा बसेका छन् । थापा लगायत अन्य १६ जनामा पनि संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी संक्रमित भएपछि उनको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी गरिएको छ । एक दिन अघि जुम्लामा कारागारका कैदीबन्दीसहित ३९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार