ललितपुरमा कर्फ्यू

२०७७ भाद्र १९ गते, शुक्रबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आजबिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो । कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो ।
स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो । निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र चमनचयन कायम राख्न कर्फ्यू जारी गरिएको जिप्रकाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार