मच्छिन्द्रनाथको रथ तान्न पुगेका युवा र प्रहरीबीच झडप

२०७७ भाद्र १८ गते, बिहीबार


काठमाडौं । लतिलपुरस्थित रातो मच्छ्रिन्द्रनाथको रथ तान्न पुगेका युवाहरु र प्रहरीबीच झडप भएको छ । निषेधाज्ञा उल्लंघन गरेर रथ तानेको भन्दै प्रहरीले रथ नतान्न आग्रह गरेको र रथ तान्न पाउनु पर्ने माग गर्ने युवाहरुले अडान नछोडेपछि दुई पक्षबीच झडप भएको हो । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले केही सेल अश्रुँग्यास समेत प्रहार गरेको छ । सरकारले भदौ २४ गतेसम्म निषेधाज्ञा जारी गरेको र जात्रा एवं चाडपर्व नमनाउन आग्रह गरिरहेको अवस्थामा युवाहरुले सांस्कृतिक र सामाजिक परम्परा निरन्तर राख्ने भन्दै रातो मछिन्द्रनाथको रथ तान्न पुगेका थिए। उनीहरुले रथ तानेर सडकको बीचमा पुर्‍याएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार