एनआरएन जापानद्वारा स्वास्थ्य सामग्री सहयोग

२०७७ भाद्र १८ गते, बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार जापानमा रहेका नेपाली समुदायको सकृयतामा करिब २१ करोड रुपैया भन्दा बढीको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ । श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो । जस अन्तर्गत पहिलो चरणमा, ३ करोड भन्दा बढीको ७ हजार स्वास्थ्य सम्वन्धी किट चार्टड फ्लाईट मार्फत बुधवार नेपाल पठाएको छ । सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको माग अनुरुप ५० हजार थान किट सामग्री दिने घोषणा गरेको छ । सरकारले चाहेमा पुरै ५० हजार थान अर्थात २१ करोड रुपैयाँको सामग्री नेपाल भित्र्याउन सक्ने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु