नेकपाद्वारा बाढीपीडितलाई राहत वितरण

२०७७ भाद्र १८ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अछामको रामारोशनका बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट प्रभावित परिवारलाई नेकपाले ५१ हजार नगदसहित कोरोना प्रतिरोध स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नगदसहित मास्क सेनिटाइजर र साबुन उपलब्ध गराइएको नेकपाले जनाएको छ ।
मङ्गलबार कार्यक्रम आयोजना गरी नेकपाका जिल्ला जनपरिषद् प्रमुख सौगातले राहत र स्वास्थ्य सामग्री बाढीपीडितलाई हस्तान्तरण गरेका थिए । राहत वितरण कार्यक्रममा नेकपा अछामका सेक्रेटरी लक्ष्मण, युवा सङ्गठनका सुमनसहितका नेता–कार्यकर्ताहरू सहभागी थिए । कार्यक्रममा नेकपाका नेताहरूले बाढीपहिरोमा पीर ज्यान गुमाउनेहरूप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका थिए ।
नेकपाका नेताहरूले बाढीमा प्रभावित परिवारहरूलाई राहत, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार