पेट्रोलको मूल्य बढ्यो

२०७७ भाद्र १७ गते, बुधबार


काठमाडौं । नेपाल आयल निगमले गए मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलप्रति लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु