सोह्र श्राद्ध शुरु

२०७७ भाद्र १७ गते, बुधबार


काठमाडौं । आज आश्विन कृष्ण प्रतिपदा आजबाट सोह्र श्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गरिने प्रचलन छ । सात पुस्तालाई तर्पण दिई पूजा गरिन्छ । मृत पितृको मृत्यु तिथिमा श्राद्ध गरिन्छ । पूर्णिमाबाट शुरु भई औंशीसम्म सोह्र श्राद्ध सम्पन्न हुन्छ । यीमध्ये जुनसुकै दिनमा पर्ने तिथिमा आफ्ना मृत पितृको मृत्यु तिथि पारेर श्राद्ध गरिने प्रचलन रहँदै आएको हो ।यी दिनहरुमा हिन्दु धर्मालम्बीहरुले साकाहारी मात्र भोजन गर्दछन् । घरमा माशांहारी परिकार पनि राख्न नहुने विश्वास रहेको छ । सोह्र श्राद्धको १६ दिनपछि दशैं आरम्भ हुन्छ । हिन्दुको महत्वपूर्ण चाडवाड अगाडि पितृको पूजा गरिने भएकाले पनि यसको विशेष महत्व छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, देवघाट लगायतमा यो पटक भेला हुन रोक लगाईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार