अन्तर्राष्ट्रिय उडान खुला

२०७७ भाद्र १६ गते, मंगलवार


काठमाडौं । आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन शुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडानमा अनुमति दिएको हो । सरकारले विभिन्न देशमाथि गत चैत आठ गतेदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्ध खुला गर्दै नियमित व्यावसायिक उडान तालिका तय गरेको हो । नयाँ उडान तालिकाअनुसार आजदेखि आगामी १४ असोजसम्ममा ६० वटा नियमित उडान र २७ वटा चार्टर उद्धार उडान हुनेछन् ।
दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडानका लागि नागरिक उडडयन प्राधिकरणले अनुमति दिएको छ । सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्टसहित आउन नसक्नेहरूलाई मध्यनजर गरी केही मुलुकमा भने चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार