‘गोल अफ द सिजन’ अवार्ड रोनाल्डोको पोल्टामा

२०७७ भाद्र १२ गते, शुक्रबार

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेका छन् । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो । उनले सबैभन्दा धेरै मत पाए । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । यो खेल युभेन्ट्सले २–१ ले जितेको थियो । तर, पहिलो लेगमा १–० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु