संसारकै सर्वाधिक तेज धावक बोल्ट कोरोना सक्रमित !

२०७७ भाद्र ९ गते, मंगलवार


काठमाडौँ । संसारकै सर्वाधिक तेज धावक तथा आठ पटकका ओलम्पिक विजेता युसेन बोल्टलाई कोरोना भाइरस संक्रमण भएको छ ।जन्मदिन मनाएको केही दिनमै उनमा संक्रमण पुष्टि भएको हो । जमैकाका स्वास्थ्यमन्त्रीले बोल्टलाई कोरोना भएको र थप कन्ट्याक ट्रेसिङ गर्न लागेको जानकारी दिएका हुन् । कोरोना देखिएपछि बोल्ट आईसोलेसनमा बसेका छन् । उनको जन्मदिन समारोहमा इंग्ल्याण्डका फुटबल खेलाडी रहिम स्टेर्लिङ क्रिकेटर क्रिस गेल लगायत सहभागी भएका थिए । बोल्टले ट्रयाक एन फिल्डबाट तीन वर्षअघि सन्यास लिएका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । उनको नाममा एक सय मिटर दौडमा विश्व कीर्तिमान रहेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु