आज युएफा च्याम्पियन्स लिगको फाइनल खेल

२०७७ भाद्र ७ गते, आईतवार

काठमाडौं । पोर्चुगलको लिस्बनमा आज राती नेपाली समय अनुसार सवा १ बजे सुरु हुने युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेलमा बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दै छन । जर्मन फुटबल क्लब बायर्न म्युनिख छैटौं पटक उपाधि जित्ने अभियानमा छ । उता फ्रान्सको पिएसजी भने पहिलो पटक युरोपको च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । सेमिफाइनलमा फ्रान्सको ओलम्पिक लियोंलाई हराउँदै बायर्न फाइनल पुगेको हो ।
त्यसअघि बायर्नले नक आउट चरणमा इंग्लण्डको चेल्सी र स्पेनको बार्सिलोना जस्ता बलिया टोलीहरुलाई पाखा लगाउँदै आफ्नो दावेदारी पस्किएको थियो । उता ब्राजिलियन स्टार नेयमारको टोली पिएसजीले सेमिफाइनलमा आर.बी लेप्जीगलाई हराएको थियो ।

प्रतिक्रियाहरु