नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक भारतीय क्लबमा आबद्ध

२०७७ भाद्र ४ गते, बिहीबार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल आइलिगको दोस्रो डिजिभन र कोलकाला लिग खेल्दै आएको भारतीय क्लब मोहम्मेदनसंग तीन वर्षका लागि अनुबन्धित भएका छन । उनको सम्झौता २०२० अगस्ट २० देखि लागू हुने सम्झौता गराउन भूमिका निर्वाह गरेका रविन चन्दले जानकारी गराए । मोहम्मदनले अभिषेकलाई एसियन कोटामा क्लबमा आबद्ध गराएको हो । कोलकाताको पुरानो क्लब मध्येको एक मोहमेदन भारतको आइलिग(२ तथा कोलकाता लिग खेल्ने क्लब हो।
मंगलबारदेखि लागू हुने गरी भएको सम्झौतामा रिजाल एसियन कोटामा टिममा आबद्ध हुन सफल भएको चन्द बदर्सका रविन्द्र चन्दले जनाकारी दिए । चन्दका अनुसार क्लब सिजनमा आइलिगमा बढुवा हुन नसके रिजालले अन्य क्लबबाट खेल्न सक्नेछन्। त्यसका लागि क्लबले रिजाललाई रिलिज गर्नु पर्नेछ। रिजाल र मोहमेदन क्लबबीच भएको सम्झौता रकम भने खुलाइएको छैन। नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेकले यसअघि माल्दिभ्सको दोस्रो डिभजनको क्लबबाट खेलेका थिए। उनी मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबमा आबद्ध थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु