अमेरिकामा पृथ्वीकै सबैभन्दा उच्च तापक्रम मापन

२०७७ भाद्र २ गते, मंगलवार


काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली नेशनल पार्कमा ५४.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको बीबीसीले जनाएको छ । अमेरिकाको पश्चिम तटिय क्षेत्रमा तातो हावा बहेको कारण त्यहाँको तापक्रम एक्कासी बृद्धी भएको विज्ञहरुको भनाइ छ । हालै मापन गरिएको यो तापक्रमका बारेमा अमेरिकाको नेशनल वेदर सर्भिसले पुन: अनुशन्धान गरिरहेको बताइएको छ । उच्च तापक्रमका कारण एक पावर प्लान्टमा समस्या देखिएपछि क्यालिफोर्नियामा दुई दिन ब्ल्याकआउट नै भएको बीबीसीले उल्लेख गरेको छ ।
यसअभि अमेरिकाको यही ठाउँमा २०१३ मा ५४ डिग्री सेल्सिय मापन भएको थियो । त्यसलाइ नै हालसम्म पृथ्वीमा उच्च तापक्रम मापन भएको बताइदै आएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु