स्पेनिस क्लबका प्रशिक्षक सेटिएन बर्खास्त

२०७७ भाद्र १ गते, सोमबार


काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले गत जनवरी महिनामा अर्नेष्टो भालभर्देको स्थानमा नियुक्त भएका प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेको छ । यसै साता युएफा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्यूनिखसँग लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई हटाउने निर्णय गरेको हो । बायर्नसँग ८–२ ले पराजित भएपछि बार्सिलोनाले च्याम्पियन्स लिगको इतिहासमै खराब किर्तमान आफ्नो नाममा राखेको थियो । यो सिजन बार्र्र्सिलोनाले घरेलु तथा अन्तराष्ट्रिय कुनै पनि उपाधि जित्न सकेन । ६१ वर्षिय सेटिएन बर्खास्तीमा परेपछि बार्सिलोनाले अब कसलाई प्रशिक्षक बनाउछ भनेर विश्व फुटबल बजारमा चासो बढेको छ । संभावित प्रशिक्षकहरुको सूचीमा नेदरल्याण्ड्सका रोनाल्ड कोम्यान अग्र स्थानमा रहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु