१३ औं सागमा भएको अनियमितताको छानविन हुने

२०७७ श्रावण ३१ गते, शनिबार


काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का विभिन्न खेल र खेलाडीको सामान खरिदमा भएको अनियमितताको छानबिन गरि कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयमा शुक्रबार बसेको राखेपका उपलब्ध पदाधिकारीको बैठकमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साग खेलकुदको दौरान खेल र खेलाडी लागि खरिद गरिएको जुत्ता, म्याट लगायतका आधारभुत सामग्रीको दाखिला तथा वितरणमा भएको भनिएको अनियमितताको छानबिन गरि दोषी ठहर भए कारबाही गर्न राखेपलाई निर्देशन दिएका हुन् ।
परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठले साग खेलकुदको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको सार्वजनिक रुपमा आरोप लगाएपछि मन्त्रालयले समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाउन राखेप सदस्य सचिवलाई निर्देशन दिएका हो । यस्तै, बैठकमा मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार खेलकुद क्षेत्रमा सुशासन कायम राख्न अबलम्बन गर्नुपर्ने संरचनागत र संस्थागत सुधारको कार्ययोजना बनाउन राखेपलाई निर्देशन दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु