अगष्ट ६ र ९ को बिध्वंशकारी त्रासदीका बिरुद्ध : यस्तो दुर्दान्त त्रासदी भावी पिढीले भोग्न नपरोस्

२०७७ श्रावण ३० गते, शुक्रबार
लोकनारायण सुबेदी


मानिसको स्मृति अत्यन्तै छोटो हुन्छ । त्यसमा पनि खाशगरी युद्ध र बिध्वंशको कुरा छ भने त त्यस त्रासदीबाट मानिस टाढा हुन चाहन्छ र त्यसलाई अमूर्तता र कथा कहानीको रुपमा मात्र सीमित गर्न चाहन्छ । जसले त्यस समयको वास्तविक सच्चाईलाई सतहमा ल्याउन सक्तैन । त्यसैले मानिसले मानबताका बिरुद्ध चलाइएका युद्ध र बिध्वंशको त्रासद वास्तविकतालाई थोरै समयमा भुल्ने गर्दछन् । मानिसको स्मृतिको यो नाजुक प्रबृत्ति प्राय त्यस्ता मानिसको हातको खेलौना बन्ने गर्दछ जसले सीमित समूहको स्वार्थ र लाभका लागि त्रासदीको पूरै पक्रियाबाट मुख मोड्न चाहन्छन् ।
वास्तवमा यो युद्धको क्रममा भोगेको असैह्य पीडा कस्तो होला त्यसको अनुमान लगाउन असमर्थ रहेको स्थितिको द्योतक पनि हो ।जबसम्म यो सत्यताको अबहेलना भइरहन्छ तबसम्म कही पनि पुगिदैन । यही कुराबाट प्रष्ट हुन्छ कि हाम्रो स्मृतिले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्तछ । यो कुरा जापानको हिरोशिमा शहरमा ६ अगस्ट १९४५ मा गरिएको परमाणु बम बर्षाका बेलामा बाँचेका १४ ब्यक्तिहरुको सँस्मरणबाट पनि सिद्ध हुन्छ । ती सबै मानिस त्यतिबेला निश्छल किशोर मात्र थिए र तिनले अत्यन्तै कष्टपूर्वक त्यतिबेलाको आफ्नो स्मरणलाई पुनः टटोलेका छन् ।
हिरोशिमा बिध्वंशको ७०औं बर्ष प्रवेशभन्दा केही पहिला अर्थात त्यसै बर्षको मार्च महिनामा आजभन्दा ५ बर्ष अघि ‘हिरोशिमा–मौनता भङ्ग’ (ज्ष्चयकष्mब स् ब् क्ष्भिलअभ द्यचयपभल)को प्रकाशन भएको थियो ।यसमा ती १४ जना हिरोशिमा बम पीडित मानिसहरुको कहानी रहेको छ जो सन् १९२७ देखि १९३९ का बीचमा जन्मेका थिए । ती १४ जनाले आफ्नो शरीर र मनमा गम्भीर घाउ लिएर जीवन गुजारेका छन् । ती सबैले लामो उपचारको सहारा पनि लिनु प¥यो ।तथापि ती त्यस भयंकर ठूलो त्रासदीबाट बचेका मानिसहरुकासँग पनि समाजले जस्तो भेदभावपूर्ण ब्यवहार ग¥यो त्यसले उनीहरुमाथि अझ गहिरो चोट पु¥यायो ।
अत्यन्तै शक्तिशाली परमाणु बम बर्षाको तुरुन्तै पछि जापानमा के गर्ने कसो गर्ने भन्ने उल्झन र अस्तब्यस्तताकै कालखण्ड थियो । त्यहाँका मानिसहरुका अनुसार युद्धको बेलाका परमाणु बमबाट बचेका मानिसलाई नै कलंक मान्न थालेका थिए । जापान अरु देशको अधिन भएको थियो । ती बिजेता देशहरु आफ्नो कालो कर्तुत खुल्नाले खुशी थिएनन्। यसका अतिरिक्त मर्मान्तक घाउ र बिकृत शरीर लिएर ती १४जना मानिसले बिस्तारै बिस्तारै आफुलाई स्मृतिबाट पनि टाढा राख्न अभ्यस्त हुन सिक्दै गए । धेरै मानिसहरु त यस सम्वन्धमा जीवनभरी नै मौन रहे । तर यो बिश्वकै लागि सौभाग्य हो कि पछिबाट तिनै पीडित मानिसहरुमध्ये केहीले आफ्नो मौनता तोडे र आफ्ना ती दुर्दान्त अनुभवहरुलाई हामी सबैका सामु अर्थात बिश्व सामुमा राखे ।
एउटी डढेकी महिला, मृत बच्चा र एउटा अनाथ
तादाशी किहारालाई त्यो बमबर्षा पछिको त्रासद समयले सँधै सताउने गर्दछ । आफु घाइते हुदाहुदै पनि उसले हिरोशिमामा फँसेका मानिसहरुलाई मद्दत गर्दैरह्यो । रातीराती खोजीको आफ्नो अभियानमा उसले एउटी महिलाले पानी मागेको नाजुक आवाज सुन्यो । त्यो आवाज अशक्त तर भावप्रबण थियो । नजिकै गएर हेर्दा थाहा भयो कि ती महिला नराम्रोसँग डढेकी थिइन् र बच्चालाई आफ्नो स्तनको मुण्टोमा लगाइरहेकी थिइन् । नजिक पुग्दा किहारालाई कठोर र यथार्थ वास्तविकताको अनुभूति भयो ।उसले देख्यो कि त्यो दूधको मुण्टोमा मुख लगाइरहेको बच्चा त पहिले नै मरिसकेको थियो ।तर आमाले यो सत्यलाई स्वीकार गर्न सकेकी थिइनन् र आफ्नो बच्चालाई दूध पिलाइरहेकी थिइन् । किहारा भन्दछन् –‘मैले उनका लागि केही गर्न सक्तैनथे । हात जोडेर मैले उनीसँग माफी मागें र त्यहाँबाट फर्किए’ । यो घटनाले आज पनि मेरो मुटुलाई घोच्छ । आफ्नो यूवा अबस्थामा काहिराले यो तथ्यलाई लुकाउँदै छिपाउदै रहे ऊ बम बर्षामा परेर बचेको नागरिक हो । तर ६५ बर्ष पुगेपछि उसको मन मस्तिष्क बद्लियो र उसले के निश्चय ग¥यो भने भावी पिढीका लागि आफ्नो कहालीलाग्दो कहानी सुनाउनै पर्दछ । अब उनी चाहन्छन् कि यूवाहरुले ती महिला, तिनको बच्चा र प्रेमलाई नभुलुन् !
उल्लेखनीय छ कि यस संकलनमा आफ्ना कुराहरु राख्ने सबै केटा मानिसहरु नै छन् जो उतिबेला आफ्नो किशोर अबस्थमा पूरा शक्ति र क्षमताले भरीपूर्ण थिए । परमाणु बमले तिनको सुनौलो भबिष्य र सुन्दर सपना मात्र भष्मिभूत पारेको थिएन तिनको जीवनलाई नै यसरी बद्लिदिएको थियो कि अब उनीहरु सपनामा पनि यस बिषयमा सोच्न चाहँदैनथे ।
यस्तै प्रकारको मनलाई छुने कहानी शोशो कावामोतोको पनि छ । उनी बम बर्षा भएको तीन दिन पछि हिरोशिमा पुगेर आफ्ना अभिभावकलाई खोजिरहेका थिए । तर त्यतिबेलासम्ममा उनलाई त्यो परमाणु बलमे अनाथ बनाइसकेको थियो । ११ बर्षका कावामोतोको एक मात्र शरण स्थल एउटा मन्दिर थियो जहाँ बिना पैसा नै खाना खान पाइन्थ्यो । तर त्यसले उनको पेट भरिदैनथ्यो । पछिबाट उनी सडक बालक बन्न पुगे । उसले जिउदो रहनका लागि कठिन संघर्ष गर्नु प¥यो र कतिपय बेलामा पसलबाट चामल पनि चोर्नुप¥यो भने कतिपय बेलामा गुण्डाहरुसँग काम पनि गर्नुप¥यो जुन गुण्डाहरुले बिभिन्न किसिमले सडक बालकहरुको शोषण गर्ने गर्दथे । उनलाई कुन कुराको दुःख छ भने हिरोशिमा बम बर्षाको यस दोहोरो शोषण या बिभिषिकाको शिकार भएका बाल बच्चाहरुको बारेमा केही पनि भन्न सकिएको या भनिएको छैन । जबकि त्यतिबेला त्यस्ता अनाथ सडक बाल बालिकाहरुले अनाबश्यकरुपमा जबर्जस्ती दुःख तकलिफ झेल्नु पर्दथ्यो । कावामोतोबाट के जानकारी पनि प्राप्त हुन्छ भने बमबारीभन्दा पहिला हिरोशिमाबाट प्राथमिक बिद्यालयहरुका ८६०० बिद्यार्थीहरुलाई हटाएर गाउतिर पठाइएको थियो ।ती मध्ये २,७०० अनाथ हुन पुगे । तीमध्ये पनि मात्र भाग्यशाली ७०० बाल बालिकाहरुलाई अनाथालयमा स्थान मिल्यो । बाकी सबै सकड बालककोरुपमा भौतारिनु प¥यो ।
नयाँ आतंक या त्रासदी
त्यस्तो के घटना घट््यो जसले गर्दा बम बर्षाबाट कसैगरी बचेका ती चौधजना मानिसहरुले आफ्नो एक्लोपना छोडेर लामो समयको मौनता तोडे ? यसको कारण के छ भने मार्च २०११ मा फुकुशिमा परमाणु बिध्वंश घट््यो ।त्यसपछिदेखि उनीहरुलाई यो आफ्नो नैतिक जिम्मेवारी महसुश हुन थाल्यो – उनीहरुले मानिसहरुलाई बताउदै पर्दछ कि परमाणु बिनाशले कुन हदसम्मको बिनाशलीला मच्चाउन सक्तछ ।
कातासुयकी शिमोइले बताए कि एउटा टेलिभिजन कार्यक्रममा फुकुशिमाका श्रमिकहरुले काम गर्दै गरेको देखेर उनलाई आफ्नो भाईको सम्झना आयो । बम बर्षाको केही दिनपछि रेडियोधर्मिता(रेडिएशन)ले कसरी उनकोभाईको मृत्यु भएको थियो । उनको सानो भाई अकियो त्यतिबेला केवल १३ बर्षको थियो र हिरोशिमामा बम बर्षा हुँदा आफ्नो साथी नाकामुरासँग गाडी(स्ट्रिट कार)मा घुमिरहेको थियो ।उनीहरु घुमेको कार त बम बारीले पूरै नष्ट भयो तर भाइ र उसका साथी बाँचे र घर आए ।यस पछिको कहानी यस्तो छ ः झण्डै २० दिन पछिदेखि मेरो भाइको कपाल झर्न थाल्यो ।उसको सारा शरीरभरी राता राता डावरहरु देखिन थाले । उको काँध र पाखुरा एकदम खिइदै खिइदै पातलो भएर गए र अन्त्यमा ती सिन्का जस्तै भए । त्यतिबेला मेरो भाइ केवल १३ बर्षको थियो । तर जब मृत्यु भयो ऊ एकदमै बुढो मानिस जस्तो देखिन थाल्यो ।पछि मैले सुने कि मेरो भाइको साथी नाकामुरा पनि मेरो भाइको मृत्यु भएकै दिन मृत्युको शिकार भए छन् ।
यसरी झण्डै ५५ बर्ष पछि शिमोईले टेलिभिजनमा फुकुशिमा परमाणु बिद्यूत संयन्त्रका एक जना कर्मचारीको पाखुरामा ठिक त्यस्तै निशाना देखे जुन निशानाले उनको भाइले अत्यन्तै यन्त्रणापूर्ण मृत्यु बरण गर्नुपरेको थियो । परमाणु बम बर्षाबाट बच्न पाएका मानिसहरुको गाथा प्रकाशमा ल्याउने पहल सोका गाक्की हिरोशिमा शान्ति सम्मेलनले गरेको हो । त्यसले के बिश्वास लिएको छ भने परमाणु युगको अन्त्य त्यति बेलासम्म हुनेछैन जबसम्म यसका बिरुद्ध ब्यापक जनता एकाकार हुँदैनन् । यसकारण उनीहरुले अब यसको – ‘हिरोशिमा ः ए ब्रोकन साइलेन्स’ प्रकाशन गर्ने निश्चय गरेको छ । जसबाट बिश्वले यस बिभिषिकाको ७०औं बर्ष प्रवेशमा अतितको त्यस भयावह त्रासदीलाई सम्झन पाओस् र हाम्रो आउदो पिढी यस प्रकारको मर्मान्तक त्रासदीको पुनराबृत्तिबाट बच्न सकोस् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु