आज ‘श्रीकृष्ण जन्माष्टमी’

२०७७ श्रावण २७ गते, मंगलवार


काठमाडौं । आज कृष्णाष्टमी , देशभर वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्णको पूजा आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
आजको दिनले दानवी प्रवृत्तिबाट समाजलाई संरक्षण प्रदान गर्न भगवान श्रीकृष्णले कंसरुपी राक्षस प्रवृत्तिको अन्त्य गरी समाजलाई शान्ति र सुव्यवस्था प्रदान गर्न मार्गदर्शन दिएको मानिन्छ ।
महाभारतमा कौरवरुपी अन्यायी पक्षसँग जुधेर श्रीकृष्णले समाज उपयोगी काम गर्न तथा परोपकारमा लाग्न पनि यो दिनले प्रेरणा दिने विश्वास गरिन्छ । जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मेला प्रभावित बनेको छ । संक्रमण नियन्त्रणका लागि यो बर्ष मन्दिर पनि बन्द गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार