‘ जुम्ला घटनाका मतियारहरूलाई उचित समयमा कारबाही हुन्छ’

२०७७ श्रावण २७ गते, मंगलवार

काठमाडौँ । नेकपा निकट युवा सङ्गठन नेपालले यही साउन २४ गते जुम्लाको तिला गाउँपालिका वडा नम्बर ०६ मा पार्टीकामको सिलसिलामा रहेको बेला उक्त वडाका जनप्रतिनिधि भक्तबहादुर रोकायाले ३० जना गुन्डा प्रयोग गरी आफ्नो सङ्गठनका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गराएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

सङ्गठनका भेरी–कर्णाली ब्युरो संयोजक दीपले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ््नो सङ्गठनका जुम्ला जिल्ला अध्यक्ष नवीन, नेकपाका जिल्ला सचिव उदय र पार्टी समर्थक सपनालाई दुव्र्यवहार गरी दलाल प्रहरीलाई सुराकी गरी पक्राउ गराइएको उल्लेख गरेका छन् ।

विश्वजगत् र नेपाल कोरोना भाइरसको महामारीले आक्रान्त भइरहेको यस दुःखद् समयमा पार्टीको नीतिअनुसार आफ्नो सङ्गठनले कुनै आक्रामक गतिविधि नगरेको बेला दलाल सत्ताका मतियारहरूले कोरोनाविरुद्ध आफ्ना संयन्त्र प्रयोग गर्नुको साटो सम्पूर्ण संयन्त्र जनताको आवाजलाई बन्द गर्न र आफ्नो भ्रष्ट कर्तुत ढाकछोप गर्न प्रयोग गरिरहेको दीपको विज्ञप्तिमा उल्लेख छ ।

जुम्लामा गराइएको उक्त घटनाको तीव्र घृणा र घोर भत्र्सना गर्दै गिरफ्तार गरिएकाहरूको बिनासर्त रिहाइको माग गरिएको छ । साथै जनताको आवाजलाई बन्द गर्ने दलालहरूलाई जनताले उचित समय आएमा कारबाही गर्ने चेतवनी पनि युवा सङ्गठनको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु