अखिल (क्रान्तिकारी)द्वारा अनाबश्यक पुस्तक लाद्ने माथि कारवाही गर्ने उदघोष

२०७७ श्रावण २६ गते, सोमबार

काठमाडौँ । अखिल (क्रान्तिकारी)ले पछिल्लो समय निजी पाठ्यपुस्तक संस्थासँग कमिसनको बार्गेनिङमा वर्षेनी विभिन्न प्रकाशनका पुस्तकहरु अभिभावक र विद्यार्थी सामु जवरजस्ती लाद्ने होडबाजी केहि संस्थाले गरिराखेका भन्दै विभिन्न निकायको संरक्षणमा संचालित यस्ता निकायविरुद्ध संगठन संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ । छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनका नवलपुर संयोजक स्वरुपले आज एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । संयोजक स्वरुपले चेतावनीलाई बेवास्ता गर्दै यस्तो कार्य जारी राखेमा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित निकाय नै हुने समेत बताएका छन ।

यस बिषयमा संयोजक स्वरुपले जारी गरेको बिज्ञप्ति यस्तो छ – ” हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा भएको निजीकरण, माफियाकरण र दलालीकरणको विरुद्ध निरन्तर संघर्ष गर्दै शिक्षा व्यवहारीक, नि:शुल्क,समान र आम जनताको पहुँचमा हुनुपर्ने जोड दिँदै आएको कुरा सर्वविदितै छ। दलाल संसदीय व्यवस्थाले शिक्षा क्षेत्रलाई व्यापारीकरण गरिराखेको छ भने विभिन्न वहानामा शुल्क अशुल्दै पछिल्लो समय निजी पाठ्यपुस्तक संस्थासँग कमिसनको बार्गेनिङमा वर्षेनी विभिन्न प्रकाशनका पुस्तकहरु अभिभावक र विद्यार्थी सामु जवरजस्ती लाद्ने होडबाजी केहि संस्थाले गरिराखेका छन।

यसैबीच नवलपुर जिल्लामा संचालित कथित EMBOCS को नामको संस्थाले सरकारी विद्यालयहरुमा शुल्क तोकेर अंग्रेजी भाषा माध्यमको शिक्षण गर्ने बहानामा जनक शिक्षा सामाग्रीको सट्टा निजि पाठ्यपुस्तक प्रकाशन संस्थाबाट मोटो कमिसन लिने र अभिभावक सँग चर्को शुल्क असुल्ने कार्य विगत देखि गरिराखेको छ। उक्त घृणित प्रबृत्ति बिरुद्ध हाम्रो संगठनले पटकपटक दिएको चेतावनीलाई अटेर गरि अभिभावक र विद्यार्थी सामु चालिएको उक्त हर्कत बिरुद्ध हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

विभिन्न निकायको संरक्षणमा संचालित यस्ता निकाय विरुद्ध हाम्रो संगठन संघर्ष गर्न बाध्य हुनेछ। साथै सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी, पत्रकार तथा सरोकारवालाहरु सामु यस्ता निकायको बिरुद्धमा उभिन आह्वान गर्दछ। अन्त्यमा हाम्रो चेतावनीलाई बेवास्ता गर्दै यस्तो कार्य जारी राखेमा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित निकाय नै हुनेछ। “

प्रतिक्रियाहरु