कोरोना संक्रमण : आज ३३८ जना थपिए

२०७७ श्रावण २६ गते, सोमबार


काठमाण्डौं । नेपालमा आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा हाल सम्म १६ हजार ४ सय ९३ जना कोरोना मुक्त भएका छन् । आज मात्रै एक सय ४० जनाले कोरोना जीतेका छन् । अब देशभर ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टाईनमा १० हजार ७ सय ५९ जना रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु