देउवाद्वारा केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन

२०७७ श्रावण २६ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् । देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका हुन् । पहिले गठन भएको तरुण र खेलकुद विभागमा समेत केही सदस्य देउवाले थप गरेका छन् ।
महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले धमाधम विभाग गठन गरिरहेका हुन् । कांग्रेसको विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था छ । तर सभापति देउवाले भने चार बर्षे कार्यकाल सकिएर महाधिवेशन तयारी भैरहेको समयमा विभाग गठन अघि बढाएपछि कांग्रेसमा विवाद चर्किएको छ । देउवाले २० वटा विभाग र १३ वटा विभागमा सदस्य मनोनित गरिसकेका छन ।

प्रतिक्रियाहरु