अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बास्तोला गिरफ्तार

२०७७ श्रावण २६ गते, सोमबार

काठमाडौँ । अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनका केन्द्रीय सदस्य बास्तोलासहित अर्का एकजना स्थानीय तीर्थ बुढाथोकीलाई कास्कीको पोखरा महेन्द्रपुलस्थित ओम नर्सिङ होमबाट प्रहरीले गिरफ्तार गरेको हो । उनीहरूलाई आइतबार अस्पतालमा गएको बेला गिरफ्तार गरिएको हो । बास्तोला सहिदपुत्र भएको पनि बताइएको छ ।
यसैबीच पोखराको सिर्जनाचोकमा पनि विद्रोही नेकपा कार्यकर्ता बसेको भन्दै विद्यार्थी बस्ने कोठामा प्रहरीले खानतलासी गरेको छ ।

प्रतिक्रियाहरु