दातृ राष्ट्रहरु बेरुतको पुर्ननिर्माणका लागि एक अर्ब युरो सहयोग गर्न तयार

२०७७ श्रावण २६ गते, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय दातृ राष्ट्रहरुले बिस्फोटले ध्वस्त भएको बेरुतको पुननिर्माणका लागि एक अर्ब युरो बराबरको सहयोग गर्न तयार भएको बताएका छन् । दातृ राष्ट्रहरु बेरुतमा हालै भएको बिस्फोटले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै लेवननलाई सहयोग गर्न तयार भएका हुन् । फ्रान्सले आयोजना गरेको अनलाईन शिखर सम्मेलन मार्फत उनीहरुले लेबननलाई आर्थिक सहयोग गर्ने बचन दिएका हुन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यक्षतामा आयोजना गरिएको अनलाइन शिखर सम्मेलनमा लेबननको माग अनुसार आर्थिक सहयोग गर्न दाताहरु तयार भएका हुन् । शिखर सम्मेलनमा भाग लिएका दातृ राष्ट्रहरुहरुले सहयोग रकम लेवननका जनताको आवश्यकता अनुरुप खर्च गनुपर्ने जनाएका छन् ।
यसअघि फ्रान्सका राष्ट्रपति म्याक्रोले बेरुतको भ्रमण गरेलगत्तै त्यहाँ सरकारविरुद्ध प्रदर्शन गरिएको थियो । बेरुतमा गत मंगलवार २७ सय ५० टन एमोनियन नाईट्रेट अवैध तरिकाले भण्डारण गरिएको गोदाममा विष्फोट हुँदा कम्तिमा १ सय ३७ जना मारिएका थिए । घटनामा परि ५ हजारभन्दा बढी घाईते भएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु