उपत्यकामा ९० सहित देशभर ३८० जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण २५ गते, आईतवार


काठमाडौं । आज काठमाडौं उपत्यकामा ९२ जनासहित देशभर ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।
देशभरका ३७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रिय संक्रमितको संख्या भने ६ हजार पाँच सय ४४ छ। क्वारेन्टाईनमा ११ हजार ३८ जना रहेका छन् । आईसोलेसनमा ६ हजार बढी रहेका छन् भने १६ हजार ३ सय ५३ निको भएर अहिले सम्म घर फर्किसकेका छन् । आज ४० जना मात्र डिस्चार्ज भएका छन् ।

प्रतिक्रियाहरु