कोरोना भाइरसबिरुद्धको भ्याक्सिनलाई वैधानिकता !

२०७७ श्रावण २५ गते, आईतवार


काठमाडौं । कोरोना भाइरसबिरुद्धको भ्याक्सिन निर्माणको सम्पूर्ण चरण पार गरिसकेको तर सरकारबाट स्वीकृति हुन बाँकी रहेको बताउदै आएको रुसले कोरोना भाइरसबिरुद्धको भ्याक्सिनलाई वैधानिकता दिने बताएको छ। रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन आगामी अगष्ट १२ मा औपचारिक रुपमा दर्ता हुने बताएका छन । अब अगष्ट १२ मा भने यसले सरकारी स्वीकृति पाउनेछ । सो भ्याक्सिन मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको हो । यो भ्याक्सिन सर्वप्रथम स्वास्थकर्मी र वृद्धवृद्धालाई लगाइने रुस सरकारले जनाएको छ ।
रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले शुक्रबार अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको जानकारी दिनुभएको छ । यो चरण अत्यान्त महत्वपूर्ण भएको उहाँले पत्रकारहरुसँग बताएक थिए । १८ जुनमा मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको थियो । ३८ स्वयंम्सेवक सहभागी भएको अध्ययनमा यसले सुरक्षा प्रोटोकल पूरा गरेको रुसको दाबी छ । – एजेन्सी

प्रतिक्रियाहरु