‘गौतम बुद्ध ‘ भारतीय भएको दावी !

२०७७ श्रावण २५ गते, आईतवार


काठमाडौं । भारतले पुनः गौतम बुद्ध महान भारतीय भएको भन्दै अफबाह फैलाउने प्रयास गरेको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले त्यस्तो दावी गरेका हुन् ।
गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले महान भारतीय भनेर चिन्ने उनले जिकिर गरे । जब कि गौतम बुद्ध नेपालमा जन्मिएको भनेर संसारभर जानकारी छ । मोदीले नेपाल आउदा बुद्ध भूमि भन्ने तर भारत मा हुदाँ बुद्ध भारतमा जन्मेको भनेर प्रचार गर्ने गरेका थिए । उनकै सरकारका विदेश मन्त्रीको यो अभिव्यक्तिले बुद्ध सम्बन्धि गतल दाबी गर्ने प्रयत्न भारतले छाडेको छैन भन्ने देखिएको छ । पटक पटक भारतीय दुतावास र भारतीय अधिकारीहरुले नै बुद्ध नेपालमा जन्मिएको भनेर स्पष्ट पार्दै आए पनि राजनीतिक फाईदाका लागि भारतीय सरकारले बेला बेला बुद्धको जन्मथलो विवादमा ल्याउने गरेका छन् ।
नेपाल सगँ पछिल्लो समय लिपुलेक, कालापानी, लिम्पियाधुराको सीमा विवाद रहेको र त्यसमा भारतले वार्ता समेत गर्न नचाहेका बेला केही समय पहिला देखि रामको जन्मभूमि सम्बन्धि नेपालका प्रधानमन्त्रीले बताए पछि भारतले विरोध गर्दै आएको थियो । नेपालको अयोध्यापुरीमा रामको जन्म भएको दाबी सहित नेपालले मन्दिर निर्माणको तयारी शुरु गरेको छ ।
भारतले भन्ने गरेको अयोध्यामा भने मुस्लिम समुदायसगँ विवाद रहेको छ । उनीहरुले त्याहाँ मस्जिद रहेको दाबी गर्दै आएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु