नेकपाद्वारा गिरफ्तार नेताकार्यकर्ता तत्काल रिहा गर्न माग

२०७७ श्रावण २४ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दैलेखले आफ्नो पार्टीका जिल्ला सदस्य उदयराम विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ । नेकपा दैलेखका जिल्ला इन्चार्ज दिपेन्द्रले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शनिबार बिहान ४ बजे आठबिस नगरपालिका वडा नं ६ सिहासैनमा रहेको आफ्नै घरमा बसिरहेको बेला आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेका छन् । नेपाली जनता कोरोना माहामारी, बाढीपहिरोबाट पीडित भएको बेला जनताको राहत र उद्धारमा ध्यान केन्द्रित गर्नुको साटो सरकार नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गर्नतिर लागेको भन्दै सरकारको उक्त कदम फासिवादी भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु