काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘सिल’

२०७७ श्रावण २४ गते, शनिबार

काठमाडौं । आठजनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘सिल’ गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घरधनीहरु छन् ।
त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चारजनामा पनि कोरोना देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँचजनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार