आज ३७८ कोरोना संक्रमित थपिए

२०७७ श्रावण २४ गते, शनिबार


काठमाडौं । नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगे‍को छ भने आज ४ सय ९९ जनाले कोरोना जीतेर घर फर्किएका छन् । देशभरका विभिन्न आईसोलेसनबाट चिकित्सकहरु सहित संक्रमित निको भएर घर फर्किएका हुन् । यो सगैँ नेपालमा कुल कोरोना जीतेर घर फर्किनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ।
प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना संक्रमण शून्यमा झरेको हो।

प्रतिक्रियाहरु