नेकपाद्वारा पहीरो पिडतलाई आर्थिक सहयोग

२०७७ श्रावण २३ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले गए राती बैतडी जिल्लाको डिलाशैनि गाउँपालीका वार्ड नं. ४, बलालीमा पहीरोमा परेर एकै घर परीवारका दुई जना क्रमश: ४० वर्षीय आमा पशुपती वोहरा र १२ वर्षीय छोरा रिकेश वोहराको असामयीक निधन प्रति दु:ख व्यक्त गर्दै राहत स्वरुप पार्टीको तर्फबाट रु. पाँच हजार उपलब्ध गराउँने जानकारी गराएको छ। सो पार्टीका बैतडी इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले संयुक्त बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
यस बिषयमा इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनद्वारा जारी बिज्ञप्ति यस्तो छ – “गए राती डिलाशैनि गाउँपालीका वार्ड नं. ४, बलालीमा पहीरोमा परेर एकै घर परीवारका दुई जना क्रमश: ४० वर्षीय आमा पशुपती वोहरा र १२ वर्षीय छोरा रिकेश वोहराको असामयीक निधन प्रति हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी, जिल्ला समिति बैतडी दु:ख व्यक्त गर्दै भावपुर्ण श्रद्वान्जली अर्पण गर्दछ । साथै, घाईते व्यक्तिहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहीत भावविह्वल परीवारजनमा समवेदना व्यक्त गर्दै शोकको यो पिडादायी प्रहरलाई शक्तीमा रुपान्तरण गरी अगाडी बढ्नका लागि हार्दीक आग्रह गर्दछौं ।
कोरोना र प्राकृतिक प्रकोपको चपेटामा परेका मान्छेहरुको उद्दार,मनोवैज्ञानिक परामर्शका लागि पार्टी द्वारा परीचालन गरीएको स्वयंसेवक दल मर्माहन्त वोहरा परीवारलाई आवश्यक सहयोगका लागि घटना स्थलमा आज विहानै पुगिसकेको छ । सानो आर्थिक राहत स्वरुप हाम्रो पार्टीको तर्फबाट रु. पाँच हजार उपलब्ध गराउँने जानकारी समेत यसै विज्ञप्ति मार्फत् गराउँन चाहन्छौं । कोभिड-१९, बाढी पहीरो जस्ता प्राकृतिक प्रकोपमा परेर आर्थिक तथा मानविय रुपमा अकल्पनीय क्षती वेहोर्न वाध्य भईरहेका जनसमुदाय प्रति पुर्ण तरीकाले जिम्मेवार र जवाबदेही ढंगले उद्दार, उपचार, राहत वितरणका साथै उचित व्यवस्थापनका कार्यहरु यथाशिघ्र सन्चालनमा ल्याउनका लागि राज्य पक्षलाई हार्दीकताका पुर्वक आह्वान गर्दछौं ।”

प्रतिक्रियाहरु