अमेरिकामा काेराेना संक्रमितकाे संख्या ५० लाख र भारतमा २० लाख नाघ्याे !

२०७७ श्रावण २३ गते, शुक्रबार


काठमाडौं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार अमेरिकामा ५८ हजार १ सय ५ र भारतमा ६२ हजार १ सय ७० जना संक्रमित भेटिएका छन् । याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ३१ हजार ६ सय ७३ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या १ लाख ६२ हजार ७ सय ८० पुगेकाे छ । अमेरिकामा कोरोना संक्रमितमध्ये २५ लाख ५९ हजार ८६२ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी २२ लाख ९२ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १८ हजार ३ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ । सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य क्यालिफाेर्नियमा भएकाे छ । त्यहाँ अहिलेसम्म ५ लाख ४१ हजार १९० जना संक्रमित भएका छन् भने १० हजार २० जनाकाे मृत्यु भएकाे छ । बिहीबार मात्र त्यहाँ ८ हजार ४ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् भने १ सय ४८ जनाकाे मृत्यु भएकाे छ । अर्को बढी प्रभावित राज्य फ्लाेरिडा पनि ५ लाख १० हजार ३८९ जना संक्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ७ हजार ७ सय ४७ जनाकाे मृत्यु भएकाे छ । बिहीबार मात्रै त्यहाँ ७ हजार ६ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् भने १२० जनाकाे मृत्यु भएकाे छ । अमेरिकाकाे टक्सस र न्यूयोर्कमा पनि काेराेनाले निकै भयवाह बनाएकाे छ । अहिलेसम्म टक्सस ४ लाख ८९ हजार ७३१ संक्रमित भेटिएका छन् भने ८ हजार ११६ जनाकाे मृत्यु भएकाे छ । न्यूयोर्कमामा अहिलेसम्म ४ लाख ४८ हजार १६८ जना संक्रमित भेटिएका छन् भने ३२ हजार ८ सय १७ जनाकाे मृत्यु भएकाे छ ।

यता , भारतमा पछिल्लो २४ घण्टाभित्र ६२ हजार १ सय ७० जना नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेकाे छ । मृत्यु हुनेकाे संख्या भने ४१ हजार ६ सय ३८ पुगेकाे छ । बिहीबार मात्रै त्यहाँ ८ सय ९९ जनाकाे मृत्यु भएकाे छ । अहिले भातरमा ६ लाख ६ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १३ लाख ७७ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रियाहरु