काठमाडौं उपत्यकामा ८७ सहित ३६० जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण २२ गते, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकामा ८७ जनासहित आज देशभर ३ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । काठमाण्डौं जिल्लामा ७६ जना, ललितपुरका १० जना र भक्तपुरका एक जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिए ।
अहिलेसम्म २१ हजार ७ सय ५० जना कोरोना संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको हो । ६ हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा दुई सय ३३ जना कोरोना भाइरसबाट निको भएर घर फर्केका छन् । हालसम्म १५ हजार ३ सय ८९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल ६ हजार २ सय ९६ जना आइसोलेसनमा रहेका छन् । ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु