अयोध्यामा राम मन्दिरको शिल्यन्यास भएपछि पाकिस्तानद्वारा कडा आपत्ति

२०७७ श्रावण २२ गते, बिहीबार

काठमाडौं । भारतको अयोध्यामा राममन्दिर निर्माणको सुरुवातपछि पक्ष र विपक्षमा वहस फेरि सुरु भएको छ । १९९२ मा अयोध्यामा रहेको बाबरी मस्जिद भत्काइएको थियो । जसका कारण यहाँ लामो समयसम्म धार्मिक विवाद बढेको थियो । हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो। भारतीय सर्वोच्चले फैसला गर्दै सो स्थानमा राम मन्दिर निर्माण गर्न भनेको थियो।
यसैबीच , अयोध्यामा राम मन्दिर निर्माणका लागि शिल्यन्यास भएपछि पाकिस्तानले कडा आपत्ति जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयले स्टेटमेन्ट जारी गर्दै पाँच सय वर्षदेखि बाबरी मस्जिद रहेको स्थानमा रामको मन्दिर निर्माण गरिनु भारतीय लोकतन्त्रमा एक दाग भनेको छ। उसले भारतमा मुस्लिममाथि अत्याचार भएको प्रतिक्रिया दिएको छ ।
भारतमा मुस्लिम समूदायका मस्जिदहरुमा भाजपा नेतृत्वको सरकारले हानी नोक्सानी गरेकोसमेत आरोप लगाएको छ। पाकिस्तानले भारतीय सर्वोच्च अदालतले मस्जिद रहेको स्थानमा मन्दिर बनाउन दिएको आदेशले भारत धर्म निरपेक्ष नरहेको जनाएको छ ।

प्रतिक्रियाहरु