ट्रम्पको स्टाटस फेसबुकले हटायो

२०७७ श्रावण २२ गते, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा आफ्नो पेजमा पोस्ट गरेको स्टाटस फेसबुकले गलत सामग्री भन्दैे हटाएको छ । ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले अन्तर्वार्ताकै क्रममा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गरेका थिए । ट्रम्पको पोस्टले कोभिडबारे गलत सूचना प्रदान गरेकाले हटाइएको फेसबुकले उल्लेख गरेको छ ।
फेसबुकका प्रवक्ताले कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक क्षमता युक्त दाबी गतल र हानिकारक भएकाले हटाएको जनाएका छन् ।
ट्रम्पको अभिव्यक्ति स्वास्थ्य विज्ञको भनाई र प्रमाणित तथ्य भन्दा विपरित रहेको फेसबुको दाबी छ । बालबालिकामा कोरोना भाइरसको संक्रमण हुने र उनीहरुबाट अरुमा सक्ने जोखिम उस्तै रहन्छ । उनीहरुमा तुलनात्मक रुपमा संक्रमणका कारण गम्भीर बिरामी पर्ने जोखिम भने कम हुने देखिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार