हत्या अभियोगमा २७ बर्ष जेल सजाय काटेका व्यक्ति निर्दोष साबित !

२०७७ श्रावण २२ गते, बिहीबार

काठमाडौं । हत्या अभियोगमा २७ बर्ष जेल सजाय काटेका झाङ युहान निर्दोष साबित भएपछि रिहा भएका छन् । युहानलाई प्रहरीले चरम यातना दिएर आरोप स्विकार्न लगाएको पनि खुलेको छ । तर पटक पटक लिइएको उनको बयानको व्यहोरा नमिलेपछि उनको मुद्दा पुनः ब्युँताएर उनलाई रिहा गरिएको हो । सन् १९९३ मा दुई बालकको हत्या गरेको अभियोगमा पक्राउ परेका झाङ चीनको इतिहासमा गलत कसुरमा सबैभन्दा लामो सजाय काट्ने ब्यक्ति बनेका छन् ।चीनको उच्च अदालतले रिहा गरेपछि उनी आफ्ना ८३ वर्षिय आमासहितको परिवारसँग उनको पुर्नमिलन भएको छ ।
यसबैची झाङका वकिलले भने क्षतिपुर्तीको माग दाबी गर्ने जनाएका छन् । यही घटनालाई लिएर बेलायतले चीनलाई मानवअधिकार हनन भएको भन्दै घोर बिरोध गरेको छ । एक निर्दोष ब्यक्तिलाई अनाहकमा लामो जेल सजाय तोकेको भन्दै बेलायतको चीनको रवैयाप्रति आपत्ती जनाएको हो ।
पछिल्लो सयम चिनले आफ्ना कारागारमा गलत अभियोगमा सजाय काटिरेहका निदोषीाहरुलाई खोजी–खोजी रिहा गरिरहेको छ । तर राजनीतिक मुद्दाका अरोपितमाथि भने चिनले थप कडा नीति लिईरहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु