काठमाडौं उपत्यकामा ६२ सहित ३८१ जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण २१ गते, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकामा ६२ जनासहित ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो संगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ भने आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । आज कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट बुधबार थप २ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
मन्त्रालयका अनुसार बुधबार पर्सामा १५१ जना, काठमाडौंमा ५७ जना, बारामा २८, महोत्तरी र स्याङ्जामा १७/१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै मोरङमा १४, बाँकेमा १३, धनुषामा १२, बझाङमा ११, सुर्खेतमा १०, कपिलवस्तुमा ९, सप्तरीमा ८, ललितपुर र सर्लाहीमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित भेटिएका अन्य जिल्लामा मकवानपुरमा ४, गोरखामा ३, सुनसरी र इलाम, रौतहट, सिरहा, धादिङ र बागलुङमा २/२ जना तथा उदयपुर, सिन्धुपाल्चोक, कास्की, दाङ र कालीकोटमा १-१ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु