लेबनानमा भयानक विस्फोट : मृत्यु हुनेको संख्या ७० पुग्यो !

२०७७ श्रावण २१ गते, बुधबार


लेबनानको राजधानी बेरूतमा ठूलो विस्फोट भएको छ। लेबनानका स्वास्थ्यमन्त्रीका अनुसार बेरूतमा भएको भयानक विस्फोटमा सयौं मानिस घाइते भएका छन्। उक्त भीषण विष्फोटमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । उक्त विष्फोटमा करिब ४ हजार मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।
उक्त विष्फोटले बेरुत क्षेत्रमा कयौं भवनहरुमा क्षति पुगेको छ भने धेरै घरका झ्यालहरु फुटेको बताइएको छ । विष्फोट हुँदा राजधानी बेरुत क्षेत्रमा भूकम्पको धक्का महशुष भएको अलजजिराले जनाएको छ । गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । विष्फोट भएलगत्तै अलजजिराले सार्वजनिक गरेको भिडियोमा बेरुतको आकाशमा निकै ठूलो धुँवाको मूस्लो पनि देखिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु