काेराेनाबाट ७ लाखको मृत्यु , १ कराेड ८७ लाख संक्रमित !

२०७७ श्रावण २१ गते, बुधबार


काठमाडाैं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ७ लाख ३ हजार ३६० पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या भने एक कराेड ८७ लाखनजिक पुगेकाे छ । कुल सङ्क्रमितमध्ये एक कराेड १९ लाख ८ हजार उपचारपछि घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर २ लाख ५४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २ सय ७७ जनाकाे मृत्यु भएकाे छ ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख ६० हजार २७६ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ४९ लाख १८ हजार २४० पुगेकाे छ । संक्रमितमध्ये २४ लाख ८१ हजार १३४ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २२ लाख ७६ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २१ जनाकाे अवस्था गम्भीर रहेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या २८ लाख ८ हजार ७६ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ९६ हजार ९६ पुगेकाे छ । संक्रमितमध्ये १९ लाख ७० हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ७ लाख ४१ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ । अहिलेसम्म भारतमा १९ लाख ६ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३९ हजार ८२० जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये १२ लाख ८१ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ५ लाख ८५ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।
रूस पनि काेराेनाभाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म त्यहाँ ८ लाख ६१ हजार ४२३ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १४ हजार ३५१ पुगेकाे छ । संक्रमितमध्ये ६ लाख ६१ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ८५ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
साउथ अफ्रिकामा काेराेना संक्रमितकाे संख्या ५ लाख २१ हजार ३१८ पुगेकाे छ । साउथ अफ्रिकामा कोरोनाका कारण ८ हजार ८८४ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ३ लाख ६३ हजार ९५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १ लाख ४८ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयकाे अवस्था गम्भीर रहेकाे छ ।
काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा मेक्सिकाे पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४८ हजार १२ पुगेकाे छ । अहिलेसम्म त्यहाँ ४ लाख ४३ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये २ लाख ९५ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ एक लाखमा काेराेना सक्रिय रहेकाे छ भने २९३ काे अवस्था गम्भीर रहेकाे छ ।
पेरूमा अहिलेसम्म पेरूमा काेराेना संक्रमितकाे संख्या ४ लाख ३९ हजार ८९० पुगेकाे छ । पेरूमा कोरोनाका कारण २० हजार ७ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ३ लाख २ हजार ४५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १ लाख १७ हजारमा कोरोना सक्रिय रहेको छ ।
कोरोनाको उद्गम स्थल चीनमा काेराेनाबाट ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिलेसम्म कुल ८४ हजार ४६४ जनामा कोरोनाको संक्रमण देखिएको छ भने नेपालमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २१ हजार ९ पुगेकाे छ । संक्रमितमध्ये १५ हजार २६ जना पूर्णरूपमा निकाे भएका छन् भने ५८ जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रियाहरु