पाकिस्तानद्वारा कास्मीरसहितको नयाँ नक्सा जारी !

२०७७ श्रावण २१ गते, बुधबार


काठमाडौँ । भारतले लिपुलेकलगायत नेपाली भुभागमा सडक बनाएर अतिक्रमणको बिरोध गर्दै नेपालले नयाँ नक्सा जारी गरे जस्तै पाकिस्तानले पनि भारतले शासन गरीरहेको जम्मु कास्मीर सहित सियाचिन सहितको भुभाग समेटिएको नयाँ नक्सा जारी गरेको छ ।
पाकिस्तानले ईतिहासमा पहिलो पटक यो नक्सा जारी गरेको पाकिस्तानका विदेश मन्त्री मोहम्मद कुरैसीले बताएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले अगष्ट ५ मा गत बर्ष भारतले धारा ३ सय ७० खारेज गरे पछि देखिएको समस्याको समाधान राष्ट्रसंघीय मध्यस्थतामा हुनु पर्ने र सैन्य हैन राजनीतिक तरीकाले मात्रै समाधान निस्कने पनि बताए । उनले सबै पार्टी र जनताको समर्थनमा नयाँ नक्सा ऐतिहासिक रुपले जारी भएको बताएका छन् । अब विदेशमा, स्कुल, कलेज, सबै तिर लागू हुने खानले बताए । विदेशमन्त्री मोहम्मद कुरैसीले सबै जनतालाई बधाई दिएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु