काठमाडौं उपत्यकामा ६२ जनासहित २ सय ५९ जना कोरोना संक्रमित थपिए !

२०७७ श्रावण २० गते, मंगलवार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा २ सय ५९ संक्रमित भएसगैँ कोरना संक्रमितको संख्या २१ हजार ९ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना जीतेर घर फर्कनेको संख्या १५ हजार २६ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
यसैबीच , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको श्वाब संकलन गर्न काठमाडौं उपत्यकाका १४ अस्पताल तोकेको छ ।
मन्त्रालयले मंगलबार विज्ञप्ती निकाली श्वाव संकलन गर्न ११ सरकारी र ३ निजी अस्पताल तोकेको हो । जसमा सरकारी अस्पतालतर्फ वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, सिभिल, विरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी, भक्तपुर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुती गृह र नेपाल कोरियामैन्त्री अस्पताल रहेका छन् । यस्तै निजीतर्फ ह्याम्स, स्टार र काठमाडौ मेडिकल कलेज रहेका छन् ।
विज्ञप्तीमार्फत शंकास्पद बिरामीको सम्र्पकमा आएका, जोखिमयुक्त स्थानबाट आएकाहरुको तोकिएका अस्पतालहरुमा श्वाव संकलन गर्न सक्ने जनाइएको छ । जसमा बिहान ९ देखि १ बजे भित्रमा श्वाव संकलन गराउनु पर्ने छ । मन्त्रालयले तोकिएका सबै हब अस्पताल, लेभल १, २ र ३ अस्पताल र कोभिड क्लिनिक अस्पतालले पनि श्वाव संकलन गर्न सक्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार