पूर्व राजाद्धारा देश छाड्ने घोषणा !

२०७७ श्रावण २० गते, मंगलवार


काठमाडौं । भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतले छानविनको अनुमति दिएपछि पूर्व राजाले देश छाड्ने घोषणा गरेका छन । यसरी देश छाड्ने घोषणा गर्ने स्पेनका पूर्व राजा जुआन कार्लोस हुन् । ८२ बर्षे पूर्व राजा कार्लोसले बाँकी जीवन बिदेश बिताउने घोषणा गरेका हुन् ।
उनले साउदी अरबबाट हाई स्पीड रेलको ठेक्का दिने क्रममा एक सय मिलियन अमेरीकी डलर लिएको दाबी गरिएको छ । स्वीजरल्याण्डको अखबार ला ट्रिब्युनमा उनले साउदीका राजा अब्दुल्लाहबाट त्यो रकम बुझेको दाबी गरिएको छ ।
यस सम्बन्धि मुद्धाको अनुसन्धान गर्न स्पेनको सर्बोच्च अदालतले गत जुनमा अनुमति दिएको थियो । उनले विदेशमा बसेर पनि आफूमाथिका आरोपहरुको बारेमा भने जवाफ दिनु पर्ने छ । उनका छोरा राजा लुई फिलिपले आफ्ना पिताको निर्णयको स्वागत गरेका छन् ।
कार्लोसले आफ्नो छोराको शासनमा समस्या नहोस् भनेर देश छाड्ने भएकोे बताईएको छ । सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्यु पछि कार्लोसले शान्तिपूर्ण प्रजातन्त्र स्थापनामा ठूलो योगदान दिएका थिए ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु