चिकित्सा शास्त्र स्‍नातक तहको परीक्षा स्थगित

२०७७ श्रावण २० गते, मंगलवार


काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रअध्ययन संस्थानले भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्र स्‍नातक तहको परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको कारण स्थगित भएको र फेरि लकडाउन खुला भएसँगै भदौ ८ गतेका लागि तय गरिएको परीक्षा पुनः स्थगित गरिएको जनाइएको छ ।
त्रिवि चिकित्सा शास्क अध्ययन संस्थान, डीन कार्यालयले सोमबार एक सूचना जारी गर्दै कोरोना संक्रमण बढेपछि धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सञ्‍चालन नभएका कारणले पूर्वप्रकाशित कार्यतालिका अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ।

प्रतिक्रियाहरु