नेकपाद्वारा पार्टी अनुशासनविपरीत काम गर्नेहरू निष्कासित

२०७७ श्रावण १९ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बझाङले पार्टीको नीति, पद्धति र अनुशासनविपरीत काम गर्ने कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य जोग कठायतलाई कारबाही गरिएको जानकारी गराएका हुन् ।

नेकपा बझाङ इन्चार्ज र सेक्रटरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाको मष्टा गाउँपालिका भातेखोला भिमण बस्ने पार्टी जिल्ला सदस्य जोग कठायत लामो समयदेखि पार्टी सम्पर्कमा नरही पार्टी नीति, पद्धति र अनुशासनको गम्भीर उल्लङ्घन गरी पार्टी नेता–कार्यकर्ताका विरुद्ध शङ्कास्पद गतिविधि गरी आर्थिक र साङ्गठनिक अराजकता मच्चाउँदै आएकाले निज जोग कठायतलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको छ ।’

साथै युवा सङ्गठन नेपाल बझाङका संयोजक कमल कुँवर ‘मुस्कान’ लाई पटकपटक चेतावनी दिँदा पनि अटेर गरेको भन्दै सम्पूर्ण जिम्मेबारीबाट मुक्त गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बुङ्गल न.पा. ६ पथरकोट बस्ने वर्ष ३० को पार्टी जिल्ला सदस्य तथा युवा सङ्गठन नेपाल बझाङका जिल्ला संयोजक कमल कुँवर ‘मुस्कान’ लाई पटकपटक सुध्रिन चेतावनी दिँदादिँदै अटेर गरेपछि पार्टी सङ्गठनको नीतिविरुद्ध सांस्कृतिक र आर्थिक अराजकता गरेको हुँदा पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी कारबाही गरिएको सम्पूर्ण जनसमुदायलाई जानकारी गराइन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु