काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण १९ गते, सोमबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा ३ सय ५८ जनाले कोरोना जितेर घर फर्केका छन् । हालसम्म निको भएकाको संख्या १४ हजार ९ सय ६१ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ रहेको छ ।
२४ घण्टाको अवधिमा ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण भएको छ । हाल ५ हजार ७ सय ३२ जना आइसोलेसनमा रहेका छन् ।
१० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले ६० वर्ष पुगेका वृद्धवृद्धा तथा १२ वर्ष मुनिका बच्चाबच्चीलाई घर बाहिर ननिस्कन आग्रह गरेका छन । वृद्धवृद्धलाई कोरोना भएमा बचाउन गाह्रो हुने र बच्चाबच्ची सामाजिक दूरीमा बस्न नसक्ने भएकाले घर बाहिर ननिस्कन आग्रह गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार